बलिउड जोडी शिल्पा शेट्टी र उनका पति राज कुन्द्रामाथि धोकाधडीको आरोप लागेको छ ।
एक सर्राफा व्यापारी पृथ्वीराज कोठारीले अदालतमा उनीहरुविरुद्ध धोकाधडीको आरोपमा मुद्दा दर्ता गराएका छन् । उजुरी परेपछि अदालतले यो मामलालाई ध्यानमा राख्दै बान्द्रा कुर्ला कम्प्लेक्स(बीकेसी) प्रहरीलाई दुवैविरुद्ध उजुरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको छ ।
अदालतले आरोपीमाथि लागेको आरोप सही भएमा उनीहरुविरुद्ध आईपीसी र महाराष्ट्र जमाकर्ताको हित संरक्षण अधिनियम अनुसार एफआईआर दर्ता गर्न आदेश पनि दिएको छ । यो मुद्दामा मुम्बई सेशन्स कोर्टका न्यायाधीश एनपी मेहताले सर्राफा व्यापारी पृथ्वीराज सरेमल कोठारीको उजुरीमा लगाएको आरोपको अनुसन्धान गर्न बीकेसीलाई निर्देशनसमेत दिएका छन् ।
अदालतले यदि आरोपीले कुनै गम्भीर अपराध पनि गरेका छन् भने उनीहरुविरुद्ध भारतीय दण्ड संहिता (आइपीसी) र महाराष्ट्र जमाकर्ताको हितको संरक्षण अधिनियमसँग सम्बन्धित धारा अनुसार एफआईआर दर्ता गर्न भनिएको छ । व्यापारीका अनुसार शिल्पा र राजले सन् २०१४ मा एक स्कीम सुरु गरेका थिए । स्कीममा लगानी गर्ने माथि दर अनुसार सुन दिने र उसलाई मेच्योरिटी डेटको मात्रा तयमा गोल्ड उपलब्ध गराइने भनिएको थियो ।