२०८१  जेठ १० गते नेपालमा रिलिज भएको फिल्म ‘पुजार सार्की’ यतिबेला हलमा पाँचौं सातामा प्रदर्शन भइरहेको छ । यो फिल्म असार ७ गते शुक्रबारदेखि यूकेमा पनि रिलिज भएको छ । फिल्म यूकेको ओडियन सिनेमाज र सिनेवल्र्डमा रिलिज भएको हो ।

निर्माण पक्षका अनुसार यो फिल्म यूकेका बेसिङस्टोक, बर्मिङ्घम न्यू स्ट्रिट, गिल्डफोर्ड, लिसेस्टर, म्यानचेस्टर ग्रेट नर्दन, एल्डरशट, इलफोर्ड, फेल्दमलगायतका ओडियन र सिनेवल्र्ड हलमा दैनिक रूपमा हेर्न सकिन्छ ।

निर्माता सुबास भुसालका अनुसार अमेरिकाका विभिन्न राज्यहरूमा पनि यो फिल्म बक्स अफिसमा नै रिलिज भइरहेको छ छ । फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार एमएसएम इन्टरटेन्मेन्टले लिएको छ ।

दिनेश राउत निर्देशित फिल्ममा विकास सुवेदीको लेखन रहेको छ भने आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *